ताजा समाचार

जम्मु–काश्मीरमा भिडन्त : कर्णेल, मेजरसहित पाँचको मृत्यु

एजेन्सी । जम्मु–काश्मीरको कुपवाडा जिल्लामा पर्ने हंदवाडामा चरमपन्थी समूहसँगको भिडन्तमा दुई अधिकृतसहित सेना र जम्मु–काश्मीर प्रहरीका पाँचजनाको मृत्यु भएको छ ।

भिडन्तमा मारिनेमा भारतीय सेनाका एक कर्णेल र एक मेजर छन् । यसका साथै जम्मु–काश्मीर प्रहरीका एक अधिकारी र दुई सेनाका जवानको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार २१ राष्ट्रिय राइफलका कमान्डिङ आर्मी अफिसर कर्णेल आशुतोष शर्मा, मेजर अनुज, एक लेस नायक र एक राइलफल म्यानसँगै जम्मु–काश्मीर प्रहरीका इन्स्पेक्टर शकील काजीको मृत्यु भएको हो । भिडन्तका क्रममा दुई चरमपन्थी पनि मारिएका छन् ।

चरमपन्थीले हंदवाडाको चांगिमुलमा रहेको एक घरमा सर्वसाधारणलाई नियन्त्रणमा लिएर बसेका थिए । जम्मु–काश्मीर प्रहरी र सेनाको संयुक्त कारबाहीअन्तर्गत उक्त घरमा छापा मार्ने क्रममा भिडन्त भएको बताइएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org