सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
काठमाडौं । संखुवासभा जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो ।
यो वर्षको हालसम्म रु ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिएका छन् । पछिल्लो केही वर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ ।
“यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्याएपछि उत्पादन बढ्दै जान थालेको हो । जिल्लामा गत वर्ष रु १९ करोड ९३ लाख ९१ हजारको सुन्तला बिक्री भएकामा यसवर्षको हालसम्म रु ३४ करोड बढीको कारोबार भइसकेको छ”, प्रमुख यावदले भने ।
यो वर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।साथै एक सय १५ मेट्रिकटन किवी उत्पादन भएको छ ।
परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए । उनका अनुसार जिल्लाभरि एक हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिनमध्ये छ सय २० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ ।
उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो रु एक सयमा बिक्री भइरहेको छ । सङ्खुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौँसम्म पुग्ने गर्दछ ।
Comments
अरु समाचार
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ...
-
सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को
काठमाडौं । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलमा हिउँदयामसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ । अर्ना र चराका...
-
‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
काठमाडौं । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरु भएको छ ।...
-
संखुवासभाको बाह्रबिसेमा आगलागीबाट पाँच घर जलेर नष्ट
काठमाडौं । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका–६, बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो करिब साढे...
-
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते...
-
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
काठमाडौं । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई...
-
जिल्लामा एमबिबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
काठमाडौँ । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल...