ताजा समाचार

संसद सचिवालयका महासचिवद्वारा सपथग्रहण

काठमाडौं । संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबार संसदको महासचिवमा नियुक्त भएका गौतमले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको एउटै सचिवालय भएकाले दुबै सदनलाई समन्वय गरेर अगाडी बढाउनुपर्ने पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै उनले संविधान र ऐन अनुसार आफ्नो जिम्मेवारी व्यवसायीक ढंगले निर्वाह गर्ने बताए ।

गौतमलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विभिन्न पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको सहभागिता रहेको थियो ।

सथपग्रहण पछि गौतमले आजै पदभार समेत ग्रहण गरेका छन् ।
गौतमलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख सापकोटाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महासचिवमा नियुक्त गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org