ताजा समाचार

लकडाउन फेरि लम्ब्याउने तयारी, निर्णय भोलि मन्त्रिपरिषद्ले गर्ने

काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन संकेत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ । तर अहिले नै क्षेत्रगत लकडाउनमा जाने बेला भयो र भन्ने प्रश्न छलफलमा उठेको एक मन्त्रीले जानकारी दिए ।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले सरकारले अहिले लिएको बाटो नै ठीक भएको निष्कर्ष निकालिएको बताए । साथै २५ गतेपछि लकडाउन के हुन्छ भन्ने भोलि मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org