ताजा समाचार

सांसदहरूको कोरोना परीक्षणको रिपोर्ट २ बजे आइसक्ने

काठमाडौं । सांसदहरूको कोरोना परीक्षणको रिपोर्ट दिउँसो २ बजेसम्म आइसक्ने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकारी राजेश गुप्ताले अहिले परीक्षणकै क्रममा रहेको भन्दै दिउँसो रिपोर्ट आउने जानकारी दिए । उनले भने, “हिजो स्वाब लिएकाहरूको रिपोर्ट आइसक्यो । आज विहान लिएकाहरूको परीक्षण भइरहेको छ । २ बजेसम्म रिपोर्ट आइसक्छ ।”

आज दिउँसो ४ बजेबाट संसदको बजेट अधिवेशन सुरु हुँदै छ । कोरोना परीक्षणको रिपोर्ट देखाएपछि मात्र संसद बैठकमा प्रवेश दिइने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाका सदस्य, प्रतिनिधिसभाका सांसद, मर्यादापालक, संसदका कर्मचारी गरी चार सय ४१ जनाको बिहिबार स्वाब संकलन गरिएको थियो । त्यस्तै शुक्रबार बिहान पनि स्वाब संकलन गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org