कोरोना जितेर कोशी अस्पतालबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज
विराटनगर– प्रदेश नम्बर १ को कोशी अस्पताल (विराटनगर)मा उपचाररत थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।
दोस्रो पटक पीसीआर टेस्ट गर्दा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका नागरिक छन् ।
कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये बुधबार मात्रै ६ जना डिस्चार्ज भएका थिए ।
प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३१ छ । शुक्रबार ८ र बुधबार ६ गरी १४ जना डिस्चार्ज भइसकेका छन् । अब कोशी अस्पतालको आइसोलेसनमा १७ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जानकारि दिएको छ ।
बिहीबारसम्मको तथ्याङ्कअनुसार प्रदेश १ मा पीसीआर विधिबाट १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै र्यापिड डाइग्नोस्टि टेस्ट (आरडीटी) विधिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।
देशभरमा हालसम्म १०१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्येका ३० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...