ताजा समाचार

संसद्‍मा बाबुराम भट्टराईद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

संसदमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

“प्रधानमन्त्रीले शरीरलाई आराम दिनु नै राम्रो हुन्छ,” उनले भने, “राजीनामा दिनुनै उपयुक्त हुन्छ ।” उनले प्रधानमन्त्री भइसकेका व्यक्ति अभिभावक भएर बस्नुपर्ने अवस्था आएको बताए । उनले शिखर चढ्न सजिलो हुने उल्लेख गर्दै त्यहाँ रहिरहन गाह्रो हुने बताए ।  “घोडालाई खोलासम्म लैजान सकिन्छ पानी पियाउन सकिँदैन,” उनले भने ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org