ताजा समाचार

कालीयताको भूभाग नेपालकै हो, भारतले मान्‍नै पर्छः परराष्ट्रमन्त्री ज्ञावली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिम्पियाधुरास्थित काली नदीको मुहानयताको भूभाग नेपालकै भएको बताएका छन्।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारकोतर्फबाट संसदलाई जवाफ दिँदै ज्ञवालीले यस्तो भनेका हुन्। ‘सन् १८१६ मा भएको सुगौली सन्धिलाई भारतले भुल्नु हुँदैन। त्यसयता भएका पटक पटकका सन्धि सम्झौताले लिम्पियाधुरायताको सबै भूभाग नेपालको भन्ने कुरा प्रष्टसँग बोलेका छन्’, उनले भनेका छन्, ‘नेपालले प्रमाणसहित यसबारेमा आफ्नो कुरा जानकारी गराइरहँदा भारतले बेवास्ता गरिरहेको छ। हामीले कूटनीतिक नोटसमेत पठाइसकेका छौँ।

 

तर उसले हाम्रा कुरालाई नजरअन्दाज गरिरहेहको छ।’ मन्त्री ज्ञवालीले राष्ट्रियहितमा दृढतापूर्वक रहेर नेपाली भूमि अतिक्रमणको समाधान कूटनीतिक तहबाटै हुनुपर्नेमा पनि जोड दिएका छन्। ‘नेपालले पटक पटक ध्यानाकर्षण गराउँदा गराउँदै भारतले नोभेम्बर २, २०१९ मा नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ। यो कदम झनै बेठीक छ।’ सुगौली सन्धिले नेपालको पश्चिभमी सीमाना काली नदीको सीमासम्म भएको प्रष्ट पार्दै उनले लिम्पियाधुरायताको भूभाग नेपालकै भएको जिकिर गरे। ‘सन् २०१४ मै समाधानका लागि मन्जुर भएको भारतले औपचारिक जवाफसमेत नदिइ बाटोको उद्घटान गरेको छ’, उनले भने, ‘कालीयताको भूभाग नेपालकै हो, भारतले यसलाई मान्नुपर्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org