ताजा समाचार

रक्षामन्त्रीलाई गगन थापाको प्रश्न– सीमा निरीक्षण गर्न गएको कि तिर्थयात्रा ?

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले रक्षामन्त्री ईश्वर पोखरेलमाथि कटाक्ष गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भारतले नेपाली भूमिमा बाटो बनाएको विषयमा सरकारलाई प्रश्न गर्दै केही महिना पहिले रक्षामन्त्री पोखरेलले गरेको सिमा निरीक्षण थियो कि तीर्थयात्रा भन्दै प्रश्न गरे ।

उनले भने–‘भारतको अतिक्रमणको घोर भत्सर्ना गर्दछु । केही समयअघि रक्षामन्त्रीले सो ठाउँको अवलोकन गर्नुभएको थियो । के त्यो तीर्थयात्रा थियो ? थिएन भने सरकारलाई उहाँले के बताउनुभयो ? र सरकारले त्यो बीचमा के काम ग¥यो ? भारतले त प्रष्ट भनिसक्यो, हामीले हाम्रो भूभागमा बनाएका हौँ, अब संक्रमण सकिएपछि तपाईहरुसँग छलफल गरौंला । के नेपालले अब रिग्रेड गरेर मात्र बस्ने हो वा हाम्रो भूमि तिमीहरुलाई दिँदैनौँ भनेर प्रतिरोध गर्ने हो ?’
उनले भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली काँग्रेस तयार रहेको बताए । उनले प्रतिपक्षी दलबाट यसबारेमा सरकारले के सहयोग चाहेको छ त्यसबारेमा जान्न चाहेको उल्लेख गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org