ताजा समाचार

प्रधानमन्त्रीलाई गगनको व्यंग्यात्मक बालकविता– ‘हावादारी हल्ला हुन् ओम्नी र यति..’

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रधानमन्त्री केपी ओेलीलाई व्यंग्य गर्दै संसदमा बाल कविता सुनाएका छन् ।

उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री ओलीलाई समर्पण गर्दै बाल कविता म त भाग्यमानी सुनाएका हुन् ।
यस्तो छ उनको कविता :

म  त भाग्यमानी 
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको !
यस्तो सबल सरकार छ, सीमा कसले मिच्नी
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी !!
सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् आहत
गरिबलाई सम्मान छ, सरकारबाट राहत !
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ति नेपाली नै हैनन् !!
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने !
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन्, ओम्नी र यति
सरकार यस्तो इमानदार यस्तो स्वाभिमानी
आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानी
सबैतिर वाह ! वाहै ! यस्तो विकास देख्दा  
पत्रकार नि दंग छन, यी समाचार लेख्दा !! 
कोमल हृदयका प्रधानमन्त्री, आँशुकवि हाम्रा 
दिन नबिराई सिर्जना छ, आहा कति राम्रा 
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत–कविता भट्याउँदै कालापानी जाउँला !!
सारा नेपाल हाँसेको छ, मेची–काली गाउँछ
आँसु आए बरु त्यही कविताले आउँछ
यस्तो नायक गजबका ल्यायौं जानीजानी  
अहो ! हामी नेपाली त सारै भाग्यमानी !!
अहो ! सारै भाग्यमानी
म त भाग्यमानी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org