सीमाबारे पहिला भारतसँग, त्यसपछि चीनसँग कुरा हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ । लिपुलेकमा भारतले सडक निर्माण गरेकोबारे तत्काल चीनसँग छलफल गर्न नहुने परराष्ट्रमन्त्रीले बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका हुन् ।
नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनलाई समस्या समाधानमा लाग्नुपर्ने उनको भनाइ थियो । चीनसँग दुई विषयमा छलफल आवश्यक भएको उनको भनाइ थियो । ‘नेपाल, भारत र चीनको बीचमा त्रिदेशीय विन्दु टुंगो भएको थिएन । शून्य नम्बर पिल्लर टुंग्याउन बाँकी छ । त्यसैले चीनसँग छलफल गर्नुपर्ने हुन्छ । आजको समस्या भारतसँग नै समस्या हो । त्यसपछि त्रिदेशीय बिन्दु कहाँ हो भन्नेबारे छलफल गर्ने हो,’ उनले भने ।
चीनसँग दोस्रो छलफलको विषय भने भारत र चीनबीच सन् २०१५ मा भएको सम्झौताबारे रहेको मन्त्री ज्ञवालीको भनाइ थियो । मन्त्री ज्ञवालीले भने, ‘पहिला भारतसँग कुरा गर्छौं र समस्या समाधान गर्छौं । त्यसपछि चीनसँग ।’
मन्त्री ज्ञवालीले भारतसँग छिट्टै वार्ता गर्ने पनि बताए । भारतले कोरोनाको संक्रमण सकिएपछि वार्तामा बस्ने भनेको अवस्थामा नेपालले त्यो समय कुर्न नसक्ने उनको भनाइ थियो । भारतीय विदेश मन्त्रालयले नेपाली भूमि नमिचेको भन्दै कोरोना संक्रमण सकिएपछि नेपालसँग छलफल गर्ने भनेको थियो ।
‘हामी त्यतिबेलासम्म कुर्न सक्दैनौं, सरकार छिटो वार्ता सुरु गरिनुपर्छ भन्नेमा छ,’ ज्ञवालीले भने । सांसदहरूले भिडियो कन्फरेन्समार्फत् भए पनि भारतसँग तत्काल वार्ता गर्न दिएको सुझावमा भने उनले प्रश्न उठाए । उनले भने, ‘मुलुकको सुरक्षाको कुरा छ । डाटा सुरक्षाको कुरा उठ्छ ।’ नेपालले भारतलाई गत नोभेम्बर यता वार्ताका लागि ताकेता गरिरहेको ज्ञवालीले बताए । भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि वार्ताका लागि ताकेता भइरहेको उनले भने । ‘यो विषयमा भोलि फुर्सदमा छलफल गरौंला भन्ने पक्षमा सरकार छैन । नोभेम्बरयता ताकेता गरिरहेका छौं । हामी त्यै बाटोमा अगाडि बढिरहेका छौं,’ मन्त्री ज्ञवालीले भने ।
सरकार सीमाको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा नरहेको पनि ज्ञवालीको भनाइ थियो । ठूला मुलुकहरूका अन्तर्राष्ट्रिय सम्बन्ध र शक्ति फरक हुने भएकाले दुई पक्षीय वार्ताद्वारा नै समस्या समाधान गर्नुपर्ने उनले बताए । ‘दुई पक्षीय वार्ताको माध्यमबाट नै समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार छ । अन्तर्राष्ट्रियकरण गर्ने बेला आयो भने त्यै बेला कुरा गरौंला,’ उनले भने ।
सन् २०१५ मा लिपुलेक भएर व्यापार गर्ने चीन र भारतको सम्झौताबारे चीनले आधिकारीक रूपमा प्रतिक्रिया दिएको नभेटिएको मन्त्री ज्ञवालीले बताए । यसअघि चीनले उक्त सम्झौताको २८ नम्बर बुँदामा नेपालले असन्तुष्टि जनाएपछि पछि हटेको भन्ने अभिव्यक्ति सरकारको नेतृत्वले दिँदै आएको थियो । कांग्रेस सांसद नारायण खड्काले उक्त सम्झौतामा चीनले नेपालको ‘कन्सर्न’बारे प्रतिक्रिया दिएको छ कि छैन भनेर प्रश्न गरेका थिए । जवाफमा मन्त्री ज्ञवालीले भने, ‘चीनको रेस्पोन्स रेकर्डमा भेटिएको छैन । अनौपचारिक कुराकानीमा चिनियाँहरूको रियलाइजेसन भेटिन्छ तर फर्मल डकुमेन्ट छैन ।’
सीमा समस्याबारे नेपालमा सबै एकताबद्ध भएको र त्यसले सरकारलाई बल मिलेको मन्त्री ज्ञवालीको भनाइ थियो ।
Comments
अरु समाचार
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...