ताजा समाचार

थप १७ जनामा कोरोना देखियो, संक्रमितको संख्या २०८ पुग्यो

काठमाडाैँ । आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए।

परीक्षणका लागि ल्याइएका ती स्वाब (नमूना)हरु प्रदेश २ र प्रदेश ५ बाट संकलन गरिएकाे हाे।

आज यसअघि ५७ जनामा पुष्टि भएको थियो।

कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियाे।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जनाकाे रिपाेर्ट पाेजिटिभ आएको थियाे।

सोमबार पनि एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको थियो।

नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या २०८ जना पुगेकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org