ताजा समाचार

स्वास्थ्य मन्त्रालयले सच्यायो त्रुटि, कोरोना संक्रमित २४५ मात्र

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित संख्याबारेको त्रुटि सच्याएको छ।

बिहीबार बिहान ७:४५ बजे मन्त्रालयले विज्ञप्ति जारी गरी कपिलबस्तु, काठमाडौं, धनुषा, महोत्तरी र सर्लाहीमा ७ जना नयाँ कोरोना संक्रमित भेटिएको उल्लेख गरेको थियो।

धनुषा, महोत्तरी र सर्लाहीका पाँचजना कोरोना संक्रमित गत मंगलबार राति नै मन्त्रालयले पुष्टि गरिसकेको हो। सोही संख्या पुनः दोहोरिँदा त्रुटि हुन पुगेको मन्त्रालयले दोस्रो विज्ञप्तिमा जनाएको छ।
‘अद्यावधिक विवरणअनुसार कोभिड–१९ पुष्टि भएकाहरुको संख्या २४५ नै रहेको छ’, १०ः१५ मा जारी दोस्रो विज्ञप्तिमा भनिएको छ।

सच्याइएको विज्ञप्ति

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org