ताजा समाचार

नवलपरासीका थप एकजनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६

काठमाडौं । नवलपरासीका थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार (आज) भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  एक पुरुषमा संक्रमण देखिएको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी  देवचुली १२ का ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको जानकारी दिए । “आज बिहानै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण देखिएको थियो,” उनले भने, ‘‘अहिले थप एकजनामा संक्रमण देखिएको हो ।’’

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २४६ पुगेको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org