ताजा समाचार

काठमाडौंका ७ वर्षीय बालकसहित थप ९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडाैँ । काठमाडौंका ७ वर्षीय बालकसहित थप ९ जनालाई कोरोना संक्रमण भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित पर्सा, उदयपुर र दाङमा थप ९ जनालाई संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २६७ पुगेको छ।

नयाँ संक्रमितमा वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङ तुल्सीपुरका २३,३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौं सतंगुलका ७ वर्षीय बालक छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org