ताजा समाचार

दैनिकी गुजार्न धाैँधाैँ भएका रुकुम पुर्वका ६५ घरपरिवारमा सांसद रोकाले पुर्‍याइन राहात

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा  प्रतिनिधिसभा सदस्य कमला रोकाले रुकुम पूर्वबाट विभिन्न प्रयोजनमा काठमाडौं बस्ने ६५ घरपरिवारलाई  खाद्यान्न समाग्री वितरण गरेकी छन् ।

काठमाडौंको किर्तिपूरस्थित भत्केपाटी विष्ट गाउँमा बस्ने ६० विपन्न परिवारलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएकी हुन् । र सांसद रोकाले केहि दिनपहिले नै ५ घर परिवारलाई राहत वितरण गरिसकेकी छन् ।

कोरोना महामारीको जोखिम न्युनिकरण गर्न सरकारले  लकडाउन घोषणा गरेसंगै  दैनिकी चलाउन गार्हो परेका विपन्न परिवारलाई सांसद रोकाले ३० केजी चामल प्रतिपरिवार उपलब्ध गराएकी हुन् ।

राहत उपलब्ध गराउदै सांसद रोकाले जिल्लाबाट काठमाडौं आएर बस्ने र समस्यामा परेकालाई सहयोग गर्ने आफ्नो दायीत्व भएको बताइन

सांसद रोकाले भनिन्ः जिल्लाबाट विभिन्न प्रयोजनका लागी राजधानीमा रहेका जनताका लागी भोकभोकै बस्नु पर्ने स्थिती आउन नदिन आफुले विशेष अभियान थालेको छु ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org