पाँच लाख जनाको परीक्षण गरिने, थप किट किन्दै सरकार
काठमाडौं । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण बढाउने भएको छ।
केही समय अघिसम्म नेपालमा भाइरसको प्रभाव खासै धेरै देखिँदैन नियन्त्रण गर्न सकिन्छ भनेर बसेको स्वास्थ्य मन्त्रालय अब भने परीक्षणको दयरा झनै फरकालियो बनाउनेतर्फ लागेको हो।
मन्त्रालयले असारसम्ममा देशभर पाँच लाखभन्दा बढीको कोरोना परीक्षण गर्ने बताएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले समेत अब अवस्था भयावह हुन थालेको र अब परीक्षण झनै बढाउन पर्ने भन्दै यो महिनाभित्र पाँच लाखभन्दा बढीको आरडिटी र पिसिआर परीक्षण गर्नुपर्ने भन्दै सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिइसकेका छन्।
मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘पछिल्लो समय संक्रमितको संख्या बढ्दै जान थालेको छ जसले गर्दा कन्ट्याक ट्रेसिङ बढाउनुका साथै अन्य परीक्षण पनि बढाउनुपर्ने निष्कर्षसहित पाँच लाखभन्दा बढीको पिसिआर र आरडिटी परीक्षण गर्नुपर्नेमा मन्त्रालय पुगेको छ।‘ पछिल्लो समय कोरोना भाइरसको बिरामी बढ्दै गएका छन्।
पछिल्लो तथ्यांकअनुसार नेपालमा संक्रमित हुनेको संख्या ३०४ पुगिसकेको छ।
हालसम्म ९० हजार बढीको परीक्षण
यसअघि स्वास्थ्य मन्त्रालयका विज्ञहरूले करिब दुई लाखको परीक्षण गर्दा नेपालमा कोरोना नियन्त्रण आउने बताउँदै आएका थिए। तर पछिल्लो समय भारतबाट लुकिछिपी आउनेहरूमा भाइरस धेरै देखिन थालेपछि परीक्षण झनै बढाउनु पर्ने निष्कर्षमा स्वास्थ्य मन्त्रालय पुगेको हो। अहिलेसम्म नेपालमा पिसिआर र आरडिटी गरेर ९० हजारबढी परीक्षण भएको छ।
एक लाख किट किन्ने तयारी
पाँच लाखको परिक्षण गर्ने लक्ष्य लिएको मन्त्रालयले त्यसको लागि प्रयोगशालामा आवश्यक पर्ने पिसिआर रिएजेन्ट पुन: किन्नेसमेत बताएको छ। त्यसको लागि एक लाख किट किन्न प्रक्रिया मन्त्रालयले सुरु गरेको बताइएको छ। यसअघि, स्वजरल्यान्डले दिएको ३० हजार पिसिआर रिएजेन्ट हिजो मात्रै भारतले दिएको ३० हजार पिसिआर रिजेन्ट रकेही दिन अघि चीनले समेत ४० हजार थान पिसिआर रिजेन्ट दिएको थियो।
तर चीन सरकारको अनुदानमा आएको ४० हजार थान पिसिआर किटमा आर एन एक्सट्रयाक्सन नभएपछि प्रयोगमा हालसम्म प्रयोगमा नआएको बताइन्छ। यता, अब यसअघि सेनाले ल्याउने सामानमा पनि भाइरस पत्ता लगाउन प्रयोगशालामा प्रयोग गरिएन पिसिआर रिएजेन्ट किट ल्याउने भएकाले मन्त्रालयले यो महिनाभित्र पाँच लाखभन्दा बढीको नमुना परीक्षण गर्न सक्ने बताएको छ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...