ताजा समाचार

बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ ।

सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो ।

सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । भेरी अस्पतालमा गरिएको परीक्षणमा ४६ पुरुष एक महिलामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक–एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना युवामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यसअघि सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org