ताजा समाचार

‘एमसीसी संसद्को सम्पत्तिका रुपमा आइसकेको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी स‌ंसद्को सम्पत्तिका रुपमा आइसकेको बताएका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उत्तर दिँदै प्रधानमन्त्रीले एमसीसी अघिल्लो सरकारबाट हस्तान्तरण भएर आएको बताए ।

‘‘एमसीसी अघिल्लो सरकारले वार्ता गर्‍यो,  सम्झौता गर्‍यो । यो एमसीसी अहिले सरकारले सम्झौता गरेको होइन । अलपत्र छोड्न मिल्दैन । कार्यान्वयन नगर्दा विश्वसनीयतामा प्रश्न उठ्छ,’’ उनले भने, ‘‘अहिले पनि छलफल गर्न सकिन्छ एमसीसी पास गर्ने कि नगर्ने । संसदले निर्णय गर्न सक्छ । यो संसद्को सम्पत्तिका रूपमा आइसकेको छ । संसदले निर्णय गर्नुपर्छ । ट्रान्समिसन लाइन सरकारले बनाउँछ ।’’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org