भारतीय विस्तारवादले हाम्रो सार्वभाैमिकता सामु घुँडा टेक्ने निश्चित छः युवा नेता सेर्पाली
हाम्रो देशको संचारमाध्यामका ठालु कहलाउँदा केही संचार गृहहरु राष्ट्रियताको मामलामा कीन मौन ?
काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा नेता तथा प्रदेश नं ५ नेकपा प्रदेश कमिटी सदस्य सुवोधराज सेर्पालीले राष्ट्रियताको पक्षमा हिम्मतका साथ आम नागरिकलाई चुनौतीको सामना गर्नको लागि आव्हान गरेको छ ।
युवा नेता सेर्पालीले सामाजिक सन्जाल फेसबुका स्टाटस लेख्दै नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको राष्ट्रियतामाथी भारतीय मिडियाहरु सम्पूर्ण बल लगाएर धावा बोलिरहेको बेला हाम्रो देशको संचारमाध्यामका ठालु कहलाउँदा केही संचार गृहहरु भने मौन बस्नु आपत्तिजनक हो ।
उनले भने यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) र सरकारले चालेको राष्ट्रियताको पक्षमा ऐतिहासिक कदम भएकोले आमनागरिकको साथ जरुरी चाहिएको छ । । यतिबेला हिम्मतकासाथ सरकारले सत्यको वकालत गरेको छ एक प्रकारले आम नागरिकलाई चुनौतीको सामना गर्नको लागि आव्हान गरेको छ । सबैखाले परिस्थिति झेल्नका लागि । सँगसँगै हाम्रो सामु सुनौलो अवसर पनि आएक छ कि आफुलाई शक्तिशाली नेपालीको हैसियतमा प्रमाणित गर्ने बेला आएको छ । देशको स्वाधिनता र स्वाभिमानका लागि सबै एकढिक्का बनेर यो लडाइ जित्ने । विस्तारबादले हाम्रो सामु घुँडा टेक्ने कुरा निश्चित छ ।
सामाजीक सञ्जालमा पोष्ट गरेको विचार जस्ताको तस्तैः
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको राष्ट्रियतामाथी भारतीय मिडियाहरु सम्पूर्ण बल लगाएर धावा बोलिरहेको बेला हाम्रो देशको संचारमाध्यामका ठालु कहलाउँदा केही संचार गृहहरु भने मौन छन् । मानौँ कि भारत उनीहरुको भकारी हो उ अहिले शोकमा दुबेको छ त्यसैले मौन बसेर नै उसको साथ दिएको झैँ गरेर । यो बेला मौन हैन नेपालका मुद्दा लाई विश्वसामु प्रभाबकारी रूपमा प्रस्तुत गर्ने बेला हो । त्यसैले खबरदारी गरौं यो बेला देशको पक्षमा नबोल्ने नउभिने चाहे मिडीया हुन् चाहे राजनितीक नेतृत्व हुन् वा संघ संस्थाहरु हुन् सबैको पुस्तौ पुग्नेगरी हिसाब राखौं । हुनत यतिबेला भारत आफैले यो मुद्दालाई सकारात्मक वा नकारात्मक ढंगले अन्तरास्ट्रियकरण गरिसकेको छ । भारतले बुझे हुन्छ हामीलाई कसैको हस्तक्षेप स्वीकार छैन नकी कसैको हैकम वा इसारा । हामी आफैमा सहि छौं । भारत नेपाली सँग डराएको छ, सत्तारुढ (नेकपा) सँग डराएको छ अनि नेपाल सरकारको निर्णयसँग डराएको छ । जेहोस इतिहास फर्केर हेर्न बाध्य भएको छ । सरकारको कदममा नागरिकको साथ जरुरी चाहिएको छ । यतिबेला हिम्मतकासाथ सरकारले सत्यको वकालत गरेको छ एक प्रकारले आम नागरिकलाई चुनौतीको सामना गर्नको लागि आव्हान गरेको छ । सबैखाले परिस्थिति झेल्नका लागि । सँगसँगै हाम्रो सामु सुनौलो अवसर पनि आएक छ कि आफुलाई शक्तिशाली नेपालीको हैसियतमा प्रमाणित गर्ने बेला आएको छ । देशको स्वाधिनता र स्वाभिमानका लागि सबै एकढिक्का बनेर यो लडाइ जित्ने । विस्तारबादले हाम्रो सामु घुँडा टेक्ने कुरा निश्चित छ ।#लिलिका_हाम्रो_हो
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...