कोरोना भाइरस : विश्वभर ३ लाख ४३ हजारको मृत्यु ,५४ लाख संक्रमित
काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।
यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३ हजार २१० नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगेको छ ।
विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ४७ हजार १०९ जना संक्रमण मुक्त भएका छन् ।
बितेको २४ घण्टामा ४ हजार ३७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ७९९ पुगेको छ ।
२८ लाख १० हजार ३१४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार ५६२ जनाको अवस्था गम्भीर छ ।
आइतबार बिहान साढे ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार २७५ जनाको मृत्यु भएको छ ।
१८ लाख ८५ हजार ९०० जना संक्रमित भएकोमा ८ लाख ६३ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १३ हजार ४६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख ५५ हजार १७६ पुगेको छ । त्यसमध्ये ५ लाख ५४ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा २७ हजार ६८ जनाको मृत्यु भएको छ । ९ लाख ३६ हजार ३३६ जना संक्रमित भएकोमा ५ लाख ४६ हजार ११८ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ३० हजार ५९० जनाको मृत्यु भएको छ । ६ लाख ४ हजार ९०० जना संक्रमित भएकोमा २ लाख ३० हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ३ हजार २६८ जनाको ज्यान गएको छ भने १ लाख ९ हजार ४७० जना संक्रमित छन् । संक्रमितमध्ये ४४ हजार १७७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७१९ जना संक्रमित भएकोमा ८ हजार ५० जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ६६ हजार ८२८ जनामध्ये ४ लाख ४६ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।
Comments
अरु समाचार
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री यादवको निर्देशन
काठमाडौं । उपत्यकावासीले दशैँको अघि नै मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...