ताजा समाचार

रुकुम पूर्वमा पहिलो पटक ३ संक्रमित, दाङमा थपिए १५ जना

काठमाडाैँ।   नेपालको कान्छो जिल्ला भनेर चिनिएको रुकुम पूर्वमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश नं. ५ अन्तर्गतको हिमाली जिल्ला रुकुम पूर्वमा बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १५, १८ र २३ वर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको परीक्षणमा उनीहरुमा पोजेटिभ देखिएको हो।

त्यस्तै दाङमा थप १५ जनामा संक्रमण देखिएको छ। बुधबारको रिपोर्टअनुसार दाङको घोराहीमा ७ जना र लमहीमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ।

घोराही उपमहानगरपालिका वडा नं. १८ मा २४, २५, ४० र ४२ वर्षीय व्यक्तिमा कोरोना देखिएको हो। त्यस्तै वडा नं. १० का ३४, ४०/४० वर्षका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

लमही नगरपालिका अन्तर्गत वडा नं. १ मा २६ वर्षीय, २ मा १७ र ३० वर्षीय, वडा नं. ४ मा २६ वर्षीय, ५ मा २०/२० र २३ वर्षीय, ६ मा १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ।

दाङमा फेला परेका सबै १५ जना संक्रमित ३/४ दिन अगाडि भारतका विभिन्न स्थानवाट आई क्वारेन्टिनमा बस्दै आएकाहरु हुन्।

बुधबार पिसिआर विधिबाट परीक्षण गरिएका १ सय ३६ वटा नमुनामध्य १ सय १८ वटाको नेगेटिभ र १८ जनाको पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि दाङका ५ जनामा संक्रमण देखिएको छ। त्यसमध्य तुलसीपुरका एक संक्रमित भने निको भएर घर आइसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org