कांग्रेसले बोलायो कार्य समितिको बैठकः संविधान संशोधनमा आधिकारिक धारणा बनाउने
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार जे १७ गते दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपास्थित बीपी स्मृति भवनमा बैठक बोलाइएको हो।
प्रवक्ता शर्माका अनुसार उक्त बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा छलफल हुनेछ। यही मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे केन्द्रीय कार्यसमिति बैठकबाट आधिकारिक धारणा बनाउने बताएका थिए। त्यसपछि बुधबार संसदमा अघि बढाउने भनिएको संविधान संशोधन प्रस्ताव रोकिएको थियो।
त्यसपछि कांग्रेस र नेकपाबीच तीव्र मतभेद र आरोप प्रत्यारोप चलिहेको छ। कांग्रेसमाथि भारतको दबाबमा पछि हटेको आरोप लागिरहेको छ। उता सरकारले पनि भारतकै दबाबका कारण डराएर संविधान संशोधन प्रस्ताव अघि नबढाएको आरोप कांग्रेसले लगाएको छ। यस्तोमा भारतीय सञ्चारमाध्यमले भारतको कूटनीतिक दबाबका कारण नेपालको नयाँ नक्सा तत्काललाई तुहिएको समाचार बुधबारदेखि निरन्तर प्रकाशन/प्रसारण गरिरहेका छन्।
भारतले हडपेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर जारी गरिएको नयाँ नक्सालाई संसदबाट सर्वसम्मत पारित गराउने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली उभिएका छन्। कांग्रेसले पनि त्यसमा सहमत रहेको जनाएको त छ तर केन्द्रीय समितिबाट आधिकारिक धारणा बनाउने भनेपछि सरकारले प्रस्ताव अघि बढाएको छैन।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...