एमसीसीबारे ब्याक नभए पुनः ओलीविरुद्ध मोर्चाबन्दीको तयारी
काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७७–७८ को बजेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) घुसाइएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बढेको छ ।
९ सदस्सीय नेकपाभित्र बहुमत सदस्य एमसीसीको विपक्षमा रहेका छन् । पार्टीभित्रै विवादित बनेको एमसीसीबारे कुनै छलफल नगरी बजेटमा समावेश गरेको भन्दै एमसीसीको विपक्षमा रहेका सचिवालय सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् ।
एमसीसी मुलुकको हितमा नरहेको र कुनैपनि बाहनामा त्यसलाई नेपालमा भित्र्याउन दिन नहुने तर्क उनीहरुको छ ।
पार्टीभित्र विवाद रहकै सन्दर्भमा एमसीसी बजेटमा घुसाइएप्रति आपत्ति जनाउँदै वरिष्ठ नेता झलनाथ खनालले शनिबारको सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने रातोपाटीलाई बताए । उनले बजेटमा एमसीसीको कुरा जोडेको प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरिने समेत बताए ।
एमसीसीबारे ब्याक नभए पुनः ओलीविरुद्ध मोर्चाबन्दीको तयारी समेत पार्टीभित्र सुरु भएको छ ।
त्यसका लागि असन्तुष्ट नेताहरुबीच अनौपचारिक छलफल सुरु भइसकेको एक नेताले बताए । ९ सदस्सीय सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलमात्रै एमसीसीको पक्षमा रहेको बताइन्छ ।
बजेटमा एमसीसी घुसाइएको बारे नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले समेत शुक्रबारको भेटमा प्रधानमन्त्रीसँग असन्तुष्टि जनाएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डकै चाहनामा शनिबारका लागि सचिवालय बैठक बोलाइएको बताइएको छ ।
यसअघि नेकपाभित्र एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय समिति बैठकबाठ सोबारे अध्ययन गर्न झलनाथ खनाल, भीम रावल र प्रदीप कुमार ज्ञवाली सम्मिलित एक कार्यदल गठन भएको थियो ।
सो कार्यददले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएको थियो । यस्तै नेपालको राष्ट्रिय सुरक्षाका विषयहरूलाई गम्भीर रूपमा सम्बोधन गर्न संशोधनको आवश्यकता रहेको पनि ठहर गरिएको थियो ।
तर सो प्रतिवेदनको सुझाव र हाल पार्टीभित्र नै यसबारे एकमत नरहेको अवस्थामा बजेटमा एमसीसी घुसाइएपछि नेकपाभित्र हलचल मच्चिएको हो ।
अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट भाषणमा एमसीसीबारे जिकिर नगरे पनि अनुदानबारे अनुसूचीमा यसलाई समावेश गरेको पाइएपछि हलचल मच्चिएको हो ।
अमेरिका अन्तरगतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ एमसीसी शीर्षकमा राखिएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाट एमसीसी पारित हुने जिकिर गरेका थिए ।
सरकारले एमसीसीको विषय आफ्नो नीति तथा कार्यक्रममा समेत समेटेको थियो । नीति तथा कार्यक्रम ल्याउदा समेत खनाल र रावलले प्रधानमन्त्रीलाई एक पत्र नै लेखेर विरोध जनाएका थिए ।
अध्यादेश प्रकरणबाट सुरु भएको ओलीविरुद्धको मोर्चाबन्दी पछिल्लो घटनाक्रमबाट थप पेचिलो बन्ने संकेत नेताहरुको अभिव्यक्तिबाट देखिएको छ।
Comments
अरु समाचार
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...