अमेरिकामा हिंसात्मक प्रदर्शन नरोकिएपछि ट्रम्पले भनेः अब सेना परिचालन गर्छु
काठमाडाैँ । प्रहरीको नियन्त्रणमै रहेका बेला मारिएका अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडलाई न्याय माग गर्दै अमेरिकामा जारी विरोध प्रदर्शन क्रममा व्यापक मात्रामा हिंसात्मक घटना हुन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रोक्न अब सेना परिचालन गर्ने बताएका छन्।
हाल जारी प्रदर्शन र त्यस क्रममा भइरहेका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा विनास रोक्न केन्द्रीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने बताउँदै ट्रम्पले सेनासमेत परिचालन गरिने बताएका हुन्।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पछिल्ला दिनमा देशमा अराजकतावादी, हिंस्रक भिड, लुटपाट, आगजनी र अपराधसमेत बढ्दै गएको र त्यसलाई राज्य तथा स्थानीय सरकारले नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै केन्द्रीय तहबाटै कदम चाल्न लागिएको जानकारी दिएका हुन्।
उनले भनेका छन्, ‘हामी देशभर व्याप्त कानुनविहीनताको अवस्था अन्त्य गर्छाैं।’ आक्रोशित भिडले गर्ने दंगाबाट फ्लोइडलाई न्याय नहुने ट्रम्पको भनाइ छ।
गत मे २५ मा अश्वेत अमेरिकी नागरिक फ्लोइडको मिनेसोटा राज्यको मिनियापोलस प्रहरी हिरासतमै निधन भएको थियो। उनलाई पक्राउ गर्ने क्रममा श्वेत प्रहरी अधिकारीले घुँडाले घाँटीमा लामो समय थिचेको भिडियो सार्वजनिक भएपछि अमेरिकामा आन्दोलन चर्किएको हो।’
पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘म तपाईंहरूको राष्ट्रपति हुँ, कानुनी राज्य स्थापना गर्नु मेरो जिम्मेवारी हो। म शान्तिपूर्ण प्रदर्शनको पक्षधर पनि हुँ।’
वासिङटन डिसीसहितका क्षेत्रमा प्रदर्शन भइरहेका छन्। कर्फ्यु लगाए पनि प्रदर्शनकारीले उल्लंघन गरिरहेका छन्
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...