ताजा समाचार

मन्‍त्रिपरिषद्‍ बैठक : स्वास्थ्य संकटको प्रस्ताव पेश

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बिहीबार साँझ ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक केही ढिला गरी सुरु भएको हो । बैठकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संकट र लकडाउनको मोडालिटिको विषयमा छलफल हुँदैछ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या दुई हजार माथि पुगेको अवस्थामा स्वास्थ्य क्षेत्रमा संकट घोषणा गर्ने सकिने प्रवधान अनुसार प्रस्ताव लगेका छन् । उक्त प्रस्तावमाथि आजकै बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org