ताजा समाचार

२७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २९ सय १२ पुग्यो

काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरबाट थप २७८ जनाको रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ।

संक्रमितमध्ये २ हजार ७ सय १७ पुरुष र १९५ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

त्यस्तै आजमात्रै देशभरका विभिन्न अस्पतालबाट ४३ जना उपचारपछि निको भएर घर फर्केका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org