ताजा समाचार

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, महन्थ र उपेन्द्र अध्यक्ष

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को दल दर्ताका लागि दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।

दल दर्ताको प्रक्रियाका लागि निर्वाचन आयोग पुगेका पार्टी पदाधिकारीले दिएको निवेदन दर्ता भएको हो ।

निवेदन दिएको ४५ दिनभित्र दल दर्ताका लागि आवश्यक कागजात पुग्यो-पुगेन भन्‍ने हेरेर दर्ता प्रक्रियालाई अघि बढाउने हुने प्रावधान छ ।

दल दर्ताका लागि दिएको निवेदनमा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टी अध्यक्ष र अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् ।

यसअघि आइतबार नै जसपाले अध्यक्षमण्डलको टुंगो लागेको छ ।

पदाधिकारी टुंगो लागेपछि जसपाका नेताहरू अहिले ४ बजे दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org