ताजा समाचार

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना स‌ंक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका  ६० वर्षीय पुरुषको  मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।  उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित भएको पाइएको छ।

उनी ६ महिना अघिमात्रै उपचारका लागि भारतको मुम्बई गएर यही जेठ २१ मा नेपाल फर्किएका थिए। उनलाई जेठ २२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। प्रतिष्ठानको प्रिआइसोलेसन वार्डमा राखेर स्वाब परीक्षण गर्दा आइतबार ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

त्यसपछि आइसोलेसन वार्डमा सारेर उपचार गर्ने क्रममा आइतबार राति ११ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org