ताजा समाचार

३२३ जना कोरोना संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं । नोभेल कोरोना भाइरसका ३२३ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन् ।

चितवन भरतपुर-११ का एकजनाको भरतपुर अस्पतालमा एकजनाको मृत्यु भएको छ । उनको सोमबार साँझ कोरोना पोजेटिभ देखिएको थियो ।

उनलाई मंगलबार बिहान मृत्यु घोषणा गरेको प्रवक्ता गौतमले जानकारी दिए ।  उनी ज्वरो, सुगर र उच्चरक्तचापको बिरामी थिए ।

हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हाल जम्मा संक्रमतिको संख्या चार हजार ८५ पुगेको छ ।

हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।  पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

हालसम्म  कोरोना भाइरसको आशंकामा पीसीआर १ लाख ६ हजार ३३१  वटा नमुना  संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org