ताजा समाचार

सुडान घोटालाका दोषी पूर्वआईजीपी रमेश चन्द जेलमुक्त हुँदै

काठमाडौं । प्रहरीभित्रको चर्चित सुडान घोटाला प्रकरणका दोषी पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज जेलमुक्त हुँदै छन् ।

सुडान घोटाला प्रकरणमा दोषी पाइएपछि एक वर्ष कैद सजाय भुक्तानी गरी डिल्लीबजार कारागारबाट उनी छुट्न लागेका हुन् । सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाए पनि कारागार प्रशासनले २० दिन छुट दिएपछि उनी छुट्न लागेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए ।

ठकुरी ०७६ असोज १९ गते जेल चलान भएका थिए । प्रवक्ता सापकोटाका अनुसार उनी कारागारमा नाइके भएको र त्यसबापत् २० दिनको छुट सुविधा पाएका हुन् ।

सुडान घोटाला प्रकरणमा ठकुरीसहित पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा हेमबहादुर गुरुङसहित आधा दर्जन अधिकारी दोषी ठहर भएका थिए ।

अरूले यसअघि नै कैद सजाय भुक्तान गरिसकेका छन । संयुक्त राष्ट्रसंघीय मिसनका लागि सुडानमा एपीसी खरिदमा प्रकरणमा घोटाला गरेको आरोपलाई अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो । अदालतले ठकुरीलाई एक वर्ष जेल सजाय र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org