ताजा समाचार

२५० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४ हजार ६१४

काठमाडौं । नोभेल कोरोना भाइरसका २५० संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३०  पुरुष रहेका छन् भने  २० महिला रहेका छन् ।

देशभर कुल कोरोना संक्रमितको संख्या चार हजार ६१४ पुगेको छ । देशभरका ७७ मध्ये ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म देशभरबाट कोरोना संक्रमितको उपचारपछि ८६१ डिस्चार्ज भएका छन् । जसमा ८७ जना महिला रहेका छन् ७७४ पुरुष रहेका छन् ।

देशभर हालसम्म एक लाख १५ हजार ९३० जनाको पीसीआर परीक्षण गरिएको छ भने एक लाख ७८ हजार ९४३ जनाको आरडीटी परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १९४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका क्वारेन्टाइनमा एक लाख ६२ हजार १३ हजार रहेका छन् भने आइसोलेसनमा ३ हजार ७३८ जना रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org