नेपालकाे वार्ता प्रस्ताव नसुनेका कारण यो परिस्थिति आइपर्यो : भारतीय नेता करण सिंह
काठमाडाैँ। भारतीय कांग्रेस आईका नेता करण सिंहले नेपालसँगको सीमा विवादलाई भारतीय पक्षबाट गम्भीर रुपमा नलिँदा समस्याले जटिल रुप लिएको बताएका छन्।
‘मैले यो कुरा थप्नै पर्छ कि हामीले परिस्थितिलाई यसरी बिग्रन दिनु हुँदैनथ्यो। लामो समयदेखि थाँती रहेको यो विवादकाे विषय मैले सम्झेसम्म नेपालले गतवर्ष नोभेम्बरमा उठाएको थियो,’ उनले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘हामीले तुरुन्तै परराष्ट्र सचिव स्तरमा वार्ता सुरु गरिहाल्नु पर्थ्याे र आवश्यक परे परराष्ट्र मन्त्री र प्रधानमन्त्री तहमा पनि कुरा गर्नुपर्थ्याे।’
सरसर्ती हेर्दा, यस विषयमा गम्भीर कुटनीतिक कमजोरी भएको देखिन्छ र त्यसको परिणाम अहिले हामीसामु छ।
उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भारतसँग पछि फर्किनै नमिल्ने र मुठभेडको अवस्थामा पुर्याएको आरोप लगाएका छन्। दुई देशबीचको शदियौंदेखिको अनुपम सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक र राजनीतिक सम्बन्ध हुँदाहुँदै पनि यो अवस्थामा पुर्याएको देख्दा आफूलाई अत्यन्त दुःख लागेको उनले बताएका छन्।
यसका कारण भारतलाई जेजस्तो असर परेपनि, नेपाल र नेपाली जनतालाई पनि यसको सकारात्मक प्रभाव नपर्ने उनले बताएका छन्।
नेपालसँग धेरै दशकदेखि व्यक्तिगत र राजनीतिक रुपमा समेत निकटरुपमा जोडिएको व्यक्ति भएको हुँदा अहिलेको अवस्थाले आफूलाई निकै दुःखी बनाएको उनले बताएका छन्।
भारतले नेपाली भूमि लिपुलेकबाट सडक निर्माण गरेपछि बिग्रेकाे नेपाल-भारत सम्बन्ध केहि दिनपहिले नेपालले भारतद्वारा अतिक्रमित क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि अहिले दुवै पक्षबीच तिक्तता बढेकाे छ।
एक अब्बल कुटनीतिज्ञ मानिने उनी काश्मिरका अन्तिम युवराज हुन्।
नेपालमा २०६२–६३ को आन्दोलन उत्कर्षमा पुगेका बेला भारतले नेपालका राजनीतिक दल र राजा ज्ञानेन्द्रसँग सहमति गर्न पनि भारतका सिंहलाई दूतको रुपमा पठाएको थियो।
तर, उनीमार्फत् पठाएको भारतीय प्रस्तावलाई दलहरुले अस्वीकार गर्दै आन्दोलन जारी राखेका थिए। त्यसपछि राजाले अधिकार छाडेका थिए।
Comments
अरु समाचार
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...
-
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको...
-
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै...