ताजा समाचार

कोरोना संक्रमण अहिलेसम्मकै उच्च, ५८६ संक्रमित थपिए

काठमाडौं । नोभेल कोरोना भाइरसका ५८६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएका हुन् ।

सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए ।

देशभरका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

कुल सं‌क्रमितको सं‌ख्या ७ हजार १७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । हालसम्म एक हजार १६७ संक्रमितको उपचारपछि डिस्चार्ज गरिएका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ४९ हजार ७७२ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ३३ हजार ५४३  जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख २५ हजार ६५८ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार ९९० कोरोना संक्रमितहरु रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org