अमेरिकी सेना आउँछ भन्ने कहाँ पढ्छन्, अचम्म लाग्छ!
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नपढेर नै विरोध भइरहेको बताएका छन् ।
संघीय संसद राष्ट्रियसभाको बिहीबारको बैठकमा उनले एमसीसी नपढी अमेरिकी सेना नेपालमा आउने भन्ने लगायतका अफवाह फैलाइएको बताएका हुन् ।
‘केही केहीहरूले हल्ला चलाएका छन्, एमसीसी पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
संघीय संसदको प्रतिनिधिसभामा दर्ता भएको एमसीसीलाई पढेर मात्रै बोल्न प्रधानमन्त्रीको सुझाव थियो । ‘एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्नेभन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन? खुट्टाले टेक्न छोडेर टाउकाले र हातले टेकेर हिँड्न भएन ।
जे प्रबन्ध छ त्यसमा भएको ठिक बेठिक छुट्याएर भने हुन्छ,’ उनले थपे, ‘लहैलहैमा अमेरिकी सेना आउने भयो भनेको छ । कहाँ पढ्छन् ? के पढ्छन् ?’
प्रधानमन्त्रीले एमसीसी सडक र सदनको विषय बनेको भन्दै सबैले पढेर मात्रै धारणा राख्नुपर्ने सुझाव दिएका थिए ।
एमसीसीको विरोध गर्नेहरूलाई मुलुकमा वैदेशिक लगानी आउन लागेको र विकास हुन लागेकोमा चिन्ता भएको प्रधानमन्त्री ओलीको आरोप थियो । उनले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’
एमसीसीबारे नेकपाभित्रै विवाद रहेको छ । एमसीसीले नेपालको सार्वभौमिकता संकटमा पार्ने नेकपाका नेताहरूले बताउँदै आएका छन् । पार्टीभित्रको विवादका कारण उक्त सम्झौतालाई संसदमा छलफलका लागि अगाडि बढेको छैन ।
नेकपाले झलनाथ खनालको नेतृत्वमा एमसीसी अध्ययन कार्यदल नै गठन गरेको थियो । उक्त कार्यदलले एमसीसी सम्झौता परिमार्जन नगरी पारित हुन नहुने प्रतिवेदन बुझाएको थियो । अर्कोतर्फ सरकारले भने एमसीसीमा रहेका परियोजना बजेटमा राखेर संसदबाट पारित गराएको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...