ताजा समाचार

ओली–प्रचण्ड छलफलपछि बुधबारकाे स्थायी समिति बैठक निश्चित, यी हुन् एजेन्डा

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी समितिको बैठक बुधबार राख्ने विषयमा सहमति जुटेको छ।

मंगलबार बालुवाटारमा भएको छलफलपछि तोकिएकै समयमा स्थायी समिति बैठक राख्ने सहमति जुटेको हो।

बैठक तोकिएपनि एजेण्डा तय नभएकोले बैठक बस्ने-नबस्ने अन्योल भएको नेताहरुले बताएका थिए।

‘मंगलबार विहान दुई अध्यक्ष बसेर छलफल गर्नुभएको छ,’ अध्यक्ष प्रचण्डका सचिवालयका एक सदस्यले  भने, ‘एजेण्डा बैठकमै राख्ने कुरा भएको छ।’

स्रोतका अनुसार स्थायी समितिको बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को अनुमोदन, एक व्यक्ति एक नेता कार्यान्वयन, सरकार र पार्टीको कामको समीक्षा, सीमा विषय र कोरोना संकट मुख्य रुपमा बैठकमा उठ्नेछन्।

स्थायी समिति सदस्य मणि थापाले लामो समयपछि बस्न लागेको बैठकमा धेरै विषय उठाउनुपर्ने भएपनि मुख्यगरी एमसीसीमै बढि केन्द्रित हुनसक्ने बताए।

नेकपाको स्थायी समितिको बैठक दुईपटक मिति तोकेर पनि बैशाख २५ र बैशाख ३१ गते अन्तिम अवस्थामा आएर स्थगित गरिएको थियो।

शीर्ष नेताहरुबीच समझदारी नभएको पृष्ठभूमिमा यसपटक पनि बैठक सर्ने संभावना रहेको नेताहरुले बताएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org