कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु ,मृत्यु हुनेको संख्या २६ पुग्यो
काठमाडाैँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका बिरामी स्याङ्जाको आँधिखोला १ का ५५ वर्षीय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएको ती पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसियुमा उपचारकै क्रममा हिजो मृत्यु भएको हो।
यस्तै, ललितपुरको महालक्ष्मी ५ का ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो। ५ महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ। जसमा महिला १ हजार १ सय ४२ र पुरुष १ हजार २० जना रहेका छन्।
बिहीबार महिला ४८ र पुरुष ३ सय ८६ गरी ४ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए। गत २४ घण्टामा पीसीआर विधिबाट बिहीबार ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट बिहीबार ४ हजार १ सय ६७ गरी आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ। अहिले देशभरका क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका छन्। यस्तै ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेका छन्। बिहीबार महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएका छन्। आजसम्म २ हजार ६ सय ५० जना डिस्चार्ज भएको उनले बताए।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...