ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।

वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य यसअघि नै राखिसकेका छन् ।
आजदेखि बाँकी सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । नेकपा स्थायी कमिटीमा आमन्त्रितसहित ५१ सदस्य छन् ।

उनीहरुले आजदेखि आफ्ना धारणा राख्नेछन् ।  कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधानसहित अन्य विषयलाई एजेन्डाका रुपमा राखिएको छ । पार्टी एकताका कामहरु, एमसीसी र विविध विषय पनि छलफलको सूचीमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org