केपी ओलीले जस्तै च्याखे दाउ थाप्न पार्टी ‘पुनर्गठन’ गरेका होइनाैँ, प्रचण्ड आउँछन् भने सल्लाह गर्न सकिन्छ : अध्यक्ष किराती
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रचण्डलाई लक्षित गरेर ‘तपाईंले पनि त नेकपा माओवादी केन्द्र दर्ता गराउनुभएको छ’ भनेको कुरा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष छन्– गोपाल किराती । प्रचण्ड नेतृत्वको माओवादीका प्रभावशाली नेता तथा पूर्व मन्त्री किराती प्रधानमन्त्री ओलीले भने जस्तो च्याखे दाउ थाप्नका लागि आफुहरूले पार्टी ‘पुनर्गठन’ नगरेको बताउँछन् । तर, प्रचण्ड फर्केर आए सरसल्लाह गर्न सकिने किरातीले बताए ।
खड्गप्रसाद ओलीले बालुवाटारमा हिजो बोलेजस्तो च्याखे दाउ थाप्नका लागि हामीले माओवादी केन्द्र स्थापना गरेको होइन । बरु, ओलीकै योजनामा निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता भएको बामदेव गौतमले बताएका छन् ।
त्यस्तो षडयन्त्रकारी कार्यशैलीसँग हाम्रो पार्टी पुनर्गठन र दर्ताको कुनै सम्बन्ध छैन ।
हामीले पार्टीको आठौं महाधिवेशन गरेर २०७६ बैशाखमा निर्वाचनमा आयोगमा दल दर्ताका लागि आवेदन गर्दा मान्यता पाउन चारमहिना लाग्यो । २०७६ भदौमा मात्र दल दर्ताको प्रमाणपत्र प्राप्त गर्यौं ।
यसरी विलम्ब हुनुको पछाडिको कारण प्रचण्ड पक्षले आयोग पदाधिकारी र कर्मचारीलाई नेकपा (माओवादी केन्द्र) दर्ता नगर्न र गोलाकारभित्रको हँसिया हथौडा चिह्न नदिन ज्यादै दबाब गरेको बुझियो ।
आयोग पदाधिकारी र कर्मचारीहरूबाट संविधान र ऐनकानून सम्मत् निर्णय हुँदा हामीले दल दर्ता र हसिँया हथौडा निर्वाचन चिह्न प्राप्त गर्यौं ।
आयोगले चार महिना लगाए पनि कानून सम्मत् ढंगले निर्णय दिएको हुँदा हाम्रो पार्टी पंक्ति निर्वाचन आयोग प्रति आभारी रह्यौ । अन्यथा संविधान र कानूनले दिएको राजनीतिक अधिकार कुण्ठित गरिएको भए सम्भवत हामी अहिले शान्तिपूर्ण राजनीतिमा हुने थिएनौं । यसबीचमा दल दर्ताको अख्तियारी लिएर आयोग कार्यालयमा जसरी तारिख धाउने कष्ट उठाउनु पर्यो । हाम्रो पार्टीका उपाध्यक्ष तिलक थापा मगर सबैभन्दा बढी निर्वाचन आयोग धाउनुभयो ।
एउटा मिडियामा ‘प्रचण्डहरू माओवादीमा फर्क’ भन्ने शीर्षकको लेख पठाएको थिएँ । लेख ‘वाल्मिकी बन्ने प्रचण्ड अवसर’ शीर्षकमा छापियो । त्यसमा पनि मैले रत्नाकर डाँकु वाल्मिकी भए जस्तै तपाईं पनि सच्चिनुस् भन्ने आग्रह गरेको थिएँ ।
हामीले गल्ती कमजोरी स्वीकार गरी सार्वजनिक आत्मआलोचना गरेर प्रचण्डहरुलाई माओवादी आन्दोलनमा फर्क भनीरहेका छौं । किनकी यदि देश र जनताको पक्षमा अग्रगमन चाहन्छन् भने प्रचण्डहरु जहाँ छन् त्यहाँबाट अग्रगमन सम्भव छैन ।
त्यसैले माओवादी आन्दोलनमा उहाँहरु फर्केर आउनुहुन्छ भने वैचारिक राजनीतिक क्षेत्रमा गुणात्मक विकास पनि हामीले गरेकै छौं । कानूनी रुपमा नेकपा (माओवादी केन्द्र) हाम्रो अध्यक्षतामा दर्ता भएकै छ । प्रचण्ड फर्केर आउँदा राजनीतिक रुपमा सल्लाह गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।सभामुख देवराज घिमिरेले कांग्रेससँग...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...