अगेनोमा दाहाल-नेपालको निचोड: प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को विवादबीच प्रधानमन्त्री केपी ओली इतर समूह रणनीति बनाउन जुटेको छ।
ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गराउने रणनीतिसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुट बैठक ललितपुरमा सकिएको छ। ललितपुरको झम्सिखेलस्थित अगेनो रेस्टुरेन्टमा बसेको गुट बैठकमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा गर्न लगाउने रणनीति बनाएको छ। स्रोतका अुनसार ओलीलाई सुरूमा प्रधानमन्त्रीबाट राजीनामा गराउने रणनीति गुट भेलाले बनाएको छ।
उक्त गुट भेलाले प्रधानमन्त्री ओलीले पार्टी पद्धति र पार्टीको निर्देशन मान्ने प्रतिवद्धता गर्नुपर्ने निचोड निकालेको छ। पार्टीको निर्णय मान्ने गरी अघि बढ्न तयार भएमा दुईमध्ये एक पद कायम राखेरै अघि जान सकिने निश्कर्ष बैठकमा निस्किएको हो। तर पार्टीको निर्देशन पनि नमान्ने र सरकार कार्यशैली नसुध्रिने हो भने नेकपाले बाँकी रहेको प्रतिष्ठा पनि गुमाउने निचोड निकाल्दै उक्त गुट बैठकले पहिले प्रधानमन्त्रीबाट र पछि पार्टी अध्यक्षबाट विदा गर्ने रणनीति बनाएको स्रोतले दाबी गरेको छ।
‘यो बैठकले ओलीको अहमतका कारण पार्टी र सरकार दुवै बदनाम हुन पुगेको निचोड निकालेको छ’, बैठकका सहभागी एक नेताले भने, ‘अब कुनै पनि हालतमा ओलीलाई सरकार र पार्टी अध्यक्षबाट पनि विश्राम दिने रणनीति बनेको छ। भोलि बस्ने स्थायी कमिटी बैठकमा त्यही रणनीति अनुसार प्रस्तुत हुने निचोड निस्किएको छ।’ अगेनोमा भएको गुट बैठकबारे जानकारी दिँदै स्थायी कमिटीमा भइरहेको छलफलबारे त्यहाँ पनि कुराकानी भएको बताएका छन्।
उनले बिहान र दिउँसो भएका बैठकपछिको विकसित अवस्थाबारे अध्यक्ष दाहालले अन्य नेताहरुसँग परामर्श गरेको बताएका छन्। तर रावलले बैठकको निचोडबारे केही पनि जानकारी दिएनन्। पार्टीभित्र तीव्र विवाद भएपछि दाहाल-नेपाल समूह पछिल्लो समय नजिकिएर ओलीविरुद्ध मोर्चाबन्दी गरेका छन्। जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको एक अभिव्यक्तिलाई लिएर दाहाल-नेपाल समूह आक्रोशित भएका छन्। प्रधानमन्त्रीले आफूलाई सरकारबाट फ्याँक्न दिल्लीसहित नेकपाभित्रै षड्यन्त्र गरिरहेको बताएका थिए। त्यसपछि उनीसँग दाहाल-नेपाल समूहले दुवै पदबाट राजीनामा माग गरिरहेका छन्। त्यही बिषयमा थप छलफल गर्न ललितपुरको एक होटलका दुई गुट संवादमा जुटिरहेका छन्।
अगेनो रेस्टुरेन्टमा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी थिए। उक्त बैठकमा केही मन्त्री र जनार्दन शर्मासहितका नेताहरु पनि सहभागी भएका थिए। बुधबार एक घण्टा बसेर स्थायी कमिटी बैठक स्थगितपछि थप रणनीति तयार गर्न अध्यक्ष दाहालकै पहलमा उक्त भेला भएको हो। प्रधानमन्त्री ओलीले पनि बुधबारको बैठक बस्नुअघि आफूनिकट नेताहरुसँग बालुवाटारमै छलफल गरेका थिए। उनले सम्भावित कदमबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरिरहेका छन्।
नेकपा स्थायी कमिटी बैठकमा दाहाल-नेपाल समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै राजीनामा गर्न दबाब बढाइरहेको छ। नेता नेपाल दाहालतिर ढल्किँदा ओली स्थायी कमिटीमा अल्पमतको अवस्थामा छन्। नेकपामा स्थायी कमिटी ४४ सदस्यीय छ। अहिले ओलीसँग १४ जना मात्रै नेताहरु रहेको जिकिर दाहाल-नेपाल समूहको छ। तर नेकपाको पार्टी एकताको विधानमा बुहमतका आधारमा पार्टी अध्यक्षलाई हटाउन सकिने कल्पना गरिएको छैन। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेकपामा महाधिवेशनसम्म दुई अध्यक्षले नै पार्टी चलाउने कुरा व्यवस्था गरिएको छ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...