ताजा समाचार

ओलीपक्षका स्थायी समिति सदस्यहरु प्रचण्डलाई भेट्न खुमलटारमा

काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू अर्का अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकाे निवास खुमलटार पुगेका छन् ।

ओली निकट मानिएका सचिवालय सदस्यसहित स्थायी कमिटीका सदस्य प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।

नेकपामा १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा विवाद उत्कर्षमा पुगेको छ । विवाद बढेकाले ओलीलाई अर्का अध्यक्ष प्रचण्ड सहितका १८ जना सचिवालय र स्थायी कमिटीका सदस्यहरूले राजीनामा माग गरेका छन् ।

अध्यक्ष प्रचण्डसँग छलफल गर्न ओली निकट नेताहरू सचिवालय सदस्य इश्वर पोखरेल, महासचिव विष्णु पौडेल आज बिहान खुमलटार पुगेको सहभागी एक स्थायी कमिटी सदस्यले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org