ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक स्थगित, सचिवालय नेताहरु छलफलमा

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेसँगै बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न अचानक निर्णय गरेपछि नेकपा स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । साथै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउन नमानेपछि अहिले स्थायी कमिटी बैठक रोकिएको छ ।

बैठक रोकिएपछि अहिले ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका सचिवालय नेताहरु छलफलमा जुटेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org