ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक फेरि सुरु

काठमाडौँ ।  सत्तारुढ नेकपाको स्थायी कमिटीको केहीबेर स्थगित भएको बैठक फेरि सुरु भएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको निर्णयपछि बैठक केहीबेरलाई स्थगित भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार अहिले अध्यक्ष पुष्पकमल दाहाल बोल्दैछन् ।

बैठक स्थगित भएपछि प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष दाहालबीच केहीबेर छलफल भएको थियो ।

छलफल सकारात्मक नभएपछि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । उनी फर्केपछि बैठक सुरु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org