बालुवाटारमा ओली–प्रचण्ड निर्णायक वार्ता सुरु, विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको आन्तरिक कलहका विषयमा निर्णायक वार्ता सुरु भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा सहभागी छन् ।
‘सहमतिको विकल्प पनि छैन । आजको सम्बादले एउटा दिशा पक्रेला’, बालुवाटार निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘हामी सबैले संवादबाटै अघि बढ्नुपर्छ,पार्टी फुट्न दिनुहुदैन भनेका छौ । यसमा प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि कन्भिन्स हुनुहुन्छ भन्ने हामीले बुुझेका छौँ । अर्का अध्यक्ष पनि यस विषयमा गम्भीर हुनुहुन्छ भन्ने हामीलाई लागेको छ ।’
गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै बिहीबार फेरि सरकारले पार्टीमा कुनै छलफल नै नगरी संसद अधिवेसन अन्त्य गर्ने निर्णय गरेपछि विवाद थप उचाइमा पुगेको थियो । स्थायी समिति बैठक जारी रहेका बेला र बिहानसम्म संसद अधिवेशन अनत्य नगर्ने बताएका ओलीले बैठकमा सहभागी नै नभइ संसद अधिवेसन अन्त्यको निर्णय गरेपछि प्रचण्ड नेपाल समुहका नेताहरु थप चिढिन पुगेका छन् ।
स्थायी कमिटी सदस्य एवं कृषि विकास मन्त्री घनश्याम भुषालको क्वाटरमा आज विहान पार्टीको पछिल्लो विवादबारे गम्भीर छलफल भएको नेता मणी थापाले जानकारी दिए। बैठकमा पार्टी एकताको पुरानो सहमतिलाई आधार मानेर अघि बढ्नुपर्ने र पार्टीलाई फुटबाट जोगाउनुपर्ने निष्कर्ष निकालिएको थापाले बताए। उनका अनुसार बैठकको निष्कर्ष भोलीको स्थायी कमिटी बैठकअघि नेता घनश्याम भुषालले दुवै अध्यक्षलाई जानकारी गराउनेछन्।
बैठकमा नेता भुषाल र थापासहित प्रदीप ज्ञवाली, योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, जनार्दन शर्मा र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए।
Comments
अरु समाचार
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...