फ्रान्सका प्रधानमन्त्री फिलिपले दिए राजीनामा
काठमाडौं । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले राजीनामा दिएका छन् ।
शुक्रबार सार्वजनिक गरिएको एक विज्ञप्तिअनुसार एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ ।
राजीनामा दिए पनि के कारण राजीनामा दिइएको हो भन्नेबारेमा भने केही बताइएको छैन । यद्यपि राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको लागि अघि सारेको योजनाको कारण प्रधानमन्त्री र सरकारको राजीनामा आएको हुन सक्ने बताइएको छ ।
राजीनामा दिए पनि नयाँ सरकार नबनुञ्जेलसम्म यो सरकारले नै आफ्नो काम गर्नेछ । यद्यपि राष्ट्रपतिले छिटै नै नयाँ सरकार बनाउन विश्वास लिइएको छ । यद्यपि राजीनामा दिएका प्रधानमन्त्री पुनः सोही पदमा दोहोरिन सक्ने बताइएको छ ।
फ्रान्सका राष्ट्रपति म्याक्रोँ अबको २१ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न चाहन्छन् । तर, केही समयअघि भएको नगरस्तरीय निर्वाचनमा भने उनको पार्टीले पराजयको सामना गरिसकेको छ । त्यसले उनले अबको दुई वर्षका लागि नयाँ कार्ययोजना अघि सारेका हुन् । त्यसको लागि उनले नयाँ टिमसहित काम गर्ने योजना ल्याएको हुनसक्ने बताइएको छ ।
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...