ताजा समाचार

बालुवाटार बैठक सकियो, प्रधानमन्त्री आफू निकटका मन्त्रीहरुसँग थप छलफलमा

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीबीच बालुवाटारमा छलफल शनिबार साँझ भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको पनि छलफल र निकर्ष केही सुनाइएको छैन । बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफल सकिएको बताएपछि विषय खुलाउन चाहेनन् ।

ओलीले आफू निकटका मन्त्रीहरुसँग छलफल गरिरहेका हुन् । सो बैठकमा ओली निकटका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भने नरहेको बताइएको छ ।

यस्तै पूर्वमाओवादी निकटका मन्त्रीहरुपनि बैठकस्थलबाट बाहिरिइसकेका छन् ।

शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले त्यसपछि सवा सात बजेबाट मन्त्री र राज्यमन्त्रीसँग गरेका थिए । करीब सबा ८ बजेसम्म छलफल चलेको थियो ।

पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ ।

प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् । विवाद समाधान उन्मुख नभएपछि सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org