ताजा समाचार

कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प

काठमाडौं । काठमाडौं बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) मा भर्ना भएका सात बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अस्पतालले मंगलबार (आज) सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।

उपचाररत बिरामी कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्मलाई आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले सूचनामार्फत जनाएको छ ।

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेका छन् ।  सोमबार मात्रै ललितपुरको स्टार अस्पतालमा दुई, मेडिसिटी, अल्का र पाटन अस्पतालमा एक–एक गरी चारजना भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको थियो । यस्तै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत चारजनामा पनि कोरोना संक्रमण देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org