ताजा समाचार

सभामुख सापकोटा बाह्रबिसे बाढी प्रभावित क्षेत्रमा

शल्यक्रिया गरेको आँखामा पट्टी बाँधेरै पहिरोस्थल पुगे सभामुख

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढी पहिरोबाट भएको क्षतिको अवलोकन र पीडित परिवारलाई भेट्न सभामुख अग्‍निप्रसाद सापकोटा बिहीबार दिउँसो पुगेका छन्।

बुधबार शल्यक्रिया गरेको आँखाको पट्टी बाँधेरै उनी बाढी पहिरो प्रभावितस्थलमा पुगेका हुन्। बुधबार मात्रै आँखामा समस्या आएपछि शल्यक्रिया गराएका सापकोटा पटक पटकको प्रयासपछि नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन्।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-५ जम्बुमा गएराति बाढी पहिरो जाँदा दुईजनाको मृत्यु भइसकेको छ भने २० जना बेपत्ता छन्। पहिरोले ११ वटा घर बगाउँदा स्थानीय २५ वर्षीय निकेश बस्‍नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको छ।

बाढी पहिरोले अरनिको राजमार्गसमेत कटान गरेको छ। राजमार्ग कटान गरेपछि उद्धार गर्न समस्या भएपछि सभामुख सापकोटा हेलिकोप्टर लिएर घटनास्थल पुगेका हुन्। हेलिकप्टरमार्फत गम्भीर घाइते भएका दुईजनाको उद्धार गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org