ताजा समाचार

थपिए १ सय ८ जना कोरोनाका संक्रमित , संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुग्यो

काठमाडाैँ । बिहीबार कोरोनाभाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो।

बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए। यो संख्या बढेर बिहीबार १६ हजार ५ सय ३१   पुगेको हो।

देशभरका क्वारेन्टिनमा २४  हजार ४ सय २५ जना मानिसहरू छन्।

पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org