भारतका लागि नेपाली राजदूत आचार्यको जवाफ : भन्नुपर्ने ठाउँमा भनिएकै छ
काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बोल्नुपर्ने ठाउँमा आफू बोलिरहेको प्रतिक्रिया दिएका छन् ।
भारतीय मिडियाले नेपालबारे भ्रामक समाचार सम्प्रेषण गरिरेका बेला राजदूत आचार्य मौन रहँदा धेरैले सामाजिक सञ्जलमा उनको भूमिकामाथि प्रश्न उठाएका थिए । उनले भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरिरहँदा जवाफको रुपमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
ट्वीटरमार्फत आचार्यले ‘बोल्नुपर्ने बोलिरहेको र भन्नुपर्ने ठाउँमा भनिरहेको’ भन्दै स्पष्टिकरण दिएका छन् । भारतीय मिडिया र केही नेताको अभिव्यक्तिबारे नेपाली राजदूतले केही एक्सन लिन नसकेको भन्दै आचार्य पछिल्ला दिनमा आलोचिन बन्दैआएका छन् ।
आचार्यले ट्वीटरमा लेखेका छन्, बोल्नपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ।’ आचार्यले ट्वीटमा सन्दर्भ नजोडे पनि आफूमाथि उठेका प्रश्नको जवाफ दिएको रुपमा बुझिएको छ । सीमा विवाद लगायत विभिन्न राजनीतिक मुद्दामा नेपाल र भारतबीच सम्बन्ध चिसिरहँदा लामो समयपछि राजदूत आचार्यले आफ्नो बचाउ गर्दै प्रतिक्रिया दिएका हुन् ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...